भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ट्युनिसियामा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

ट्युनिस – ट्युनिसियाको पूर्वी तटबाट १२० जना प्रवासी बोकेका चारवटा डुङ्गा डुब्दा कम्तीमा १७ जना आप्रवासी शरणार्थीको मृत्यु भएको छ । 

घटनामा अन्य १० जना हराइरहेको प्रारम्भिक जानकारी रहेको ट्युनिसियाको निजी रेडियो स्टेशन मोसाईक एफएमले आइतबार सरकारी अधिकारीलाई उद्धृत गरी लेखेको छ 

रेडियाका अनुसार, डुङ्गामा सवार ९८ जना आप्रवासीलाई स्फ्याक्स शहरको तटबाट उद्धार गरिएको छ र हराएका आप्रवासीहरूको खोजी अझै चलिरहेको छ ।

रासस÷एएफपी

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : २० बजे