झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

भारतमा सङ्क्रमण बढ्न थालेपछि सीमा क्षेत्रमा उच्च सतर्कता

नेपालगञ्ज – भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । 

    हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिनुभयो । गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उहाँले जानकारीदिनुभयो । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ । 

    “दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उहाँले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारीदिनुभयो । सो सीमा क्षेत्रबाट चार हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन् । 

    स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताउनुभयो । सङ्क्रमण बढेको अवस्थामा जिल्लामा कयौँको मृत्यु भएको थियो । भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा संकेत कुमार रिसालले अहिलेसम्म कोभिड सङ्क्रमणको विरामी नआएकाले शुन्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताउनुभयो । “अहिलेसम्म कोभिडको कुनै विरामी आएको छैन ।”उहाँले भन्नुभयो । नेपालमा पनि सङ्क्रमण वढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो ।  

रासस

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : १५ बजे