जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि

 वासिङ्टन।  जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । 

लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका अध्यक्षहरूको जी२० बैठक र जी७ बैठकमा भाग लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन्  ।  जर्मनीले हाल जी७ को अध्यक्षता गर्दै आएको छ ।  मन्त्री ठिक हुनु भएको र  उहाँलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । मंगलबार बर्लिनबाट वाशिंगटन र बुधवार वाशिंगटनमा उनको उडान अघिको परीक्षणहरू नेगेटिभ रहेको बताइएको छ । रासस÷एएफपी

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १२ : ४० बजे