झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

जस्तापाताले लागेर एक जनाकाे मृत्यु

जलेश्वर। जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।  गोठमा भैँसी बाध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो । 

गम्भीर घाइते उनीलाई गए राति नै परिवारले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएका थिए ।   उपचारकै क्रममा मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । रासस

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ०९ बजे