श्रीलङ्कामा इन्धनको मूल्य वृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्यु

कोलम्बो । श्रीलङ्कामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । 

इन्धनको मूल्यवृद्धिको विरोधमा मङ्गलवार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो । 

मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुङ्गा प्रहार गरेका थिए । 

यसैबीच, श्रीलङ्का प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यु लगाएको छ । एजेन्सी

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : १५ बजे