रुसी आक्रमणमा परी कम्तीमा ६ को मृत्यु, ८ घाइते

एलभिभ।  रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ । 

अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् । 

क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ । 

“अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौँ,” उहाँले भन्नुभयो । 

घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको पनि उहाँले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : ०६ बजे