जेरुसेलमको अल अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

जेरुसेलम । जेरुसेलमको अल अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए  अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छू र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छू झडपमा रबरको गोली र  साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो।
 
इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ३६ बजे