पेरिस । फ्रान्समा सम्पन्न पहिलो चरणको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति इमानुएल म्याँक्रोले आफ्नो अग्रता कायम राखेका छन् ।
पहिलो चरणमा ९७ प्रतिशतभन्दा बढी गणना हुँदा म्याँक्रोले २७ दशमलब ६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनले २३ दशमलब ४१ प्रतिशत प्राप्त गरी दोस्रो स्थानमा छिन् ।
त्यसैगरी, २१ दशमलब ९५ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ५ : १७ बजे
प्रतिक्रिया