यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

बेलायती प्रधानमन्त्रीले भन्नुभयो – अर्को लकडाउन नहोला भन्न सकिन्न 

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको सङ्केत गर्नुभएको छ । 

प्रधानमन्त्री जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गर्नुभयो  । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उहाँले बताउनुभयो । 

शुक्रवार एक अन्तर्वार्तामा  उहाँले भन्नुभयो, “म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन ।”  

बेलायतका केही भागहरूमा सङ्क्रमणको सङ्ख्यामा ठुलो गिरावट आएको छ । तर नयाँ भेरियन्टका कारण सङ्क्रमण फैलन सक्ने त्रास बढेको छ ।

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : ३६ बजे