यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्मा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । 

शनिवार मध्यरातमा संसद्मा भएको मतदानमा खानले विश्वासको मत गुमाउनुभएसँगै उहाँ पदमुक्त हुनुभएको छ । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने पाकिस्तानका पहिलो प्रधानमन्त्री बन्नुभएको छ । 

मतदानमा ‘अन्तिम बलसम्म’ सङ्घर्षरत खानको विपक्षमा १ सय ७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ः०० बजे संसद् बैठक बस्नेछ ।

यसअघि, ६९ वर्षीय खानविरुद्ध संसद्मा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिनुभएको छ । आफू विरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । 

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको ठहर गरेको थियो ।

खानको पार्टी पीटीआईका सदस्यहरूले उहाँ अन्तर्राष्ट्रिय षड्यन्त्रको सिकार भएको दाबी गरेका छन् । यसअघि खानले अमेरिकाले आफू विरुद्ध षडयन्त्र गरेको आरोप लगाउनुभएको थियो। 

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ५० बजे