यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

अमेरिकामा गोली चल्यो, १ जनाको मृत्यु

न्युयोर्क / अमेरिकामा भएको बन्दुक हमलामा  एक जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

घटनबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए । अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा  ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : ०१ बजे