यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

युक्रेनलाई असाधारण हतियार उपलब्ध गराउने बारे छलफल

किभ – युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टी–एयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली’ पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ । 

रुसी आक्रमणबीच अमेरिकाले  अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दुरीका रकेट र ड्रोनलगायत २.३ बिलियन डलर बराबरका हतियार युक्रेन पठाएको छ । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी सेना विरुद्धको लडाईलाई निरन्तरता दिन थप हतियारको माग गरेका छन् ।

 अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अत्याधुनिक हतियार क्षमताको ‘हद र गहिराई’ ‘असाधारण’ र ‘अभूतपूर्व’ हुने संकेत गरेका छन् ।

रुसी राषट्रपति भ्लादमिर पुटिनको युद्ध रोक्न अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारीसमेत गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् । 

यसैबीच, बेलायतले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने जनाएको छ । 

अमेरिका र बेलायतले बुचामा नागरिकहरूको मृत्युदण्डमा भएको कथित अपराधमा संयुक्त राष्ट्र मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्नेछन् ।

अमेरिका र बेलायतले युक्रेनी सहर बुचामा सर्वसाधारणको हत्या भएको अपराधमा राष्ट्र संघीय मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्ने बताएका छन् ।

एजेन्सी

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ३१ बजे