यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण

लिस्वान। पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति मर्केल रिबेल डे साउसाले उहाँलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको थियो ।

सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।   

“हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा परेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,” उहाँले भन्नुभयो ।  

राजनीतिक सङ्कटबाट मुलुकलाई निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १ : ०५ बजे