कलाकार पल शाह कारागार चलान

तनहुँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका कलाकार पल  शाह पुर्पक्षका लागि बिहीबार कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका हुन् । शाहविरुद्ध मंगलबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटेका छन् । 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : ३८ बजे