भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सरकारलाई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न निर्देशन

काठमाडौं । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई  निर्देशन दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य अत्यधिक रूपमा बढ्दै गएको भन्दै सरकारलाई  नियन्त्रण गर्न निर्देशन दिएको हो ।

बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न र नेपाल आयल निगमका जायज मागलाई सम्बोधन गर्न  सरकारलाई निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो,‘उपभोक्ताले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । सकभर मूल्य नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जाओस् ।’

सरकारले उपभोक्तालाई सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध नगराएको भन्दै आपत्ति समेत जनाउनुभएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ०४ बजे