भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मोटरसाइकल दुर्घटना हुँदा ​​​​​​​सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मङ्गलवार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

एयरपोर्टदेखि सानो सुर्खेत रहरपुरतर्फ जाँदै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गए राती साढे १२ बजे पल्टिएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ वर्षीय चन्द्र बहादुर सिंजाली र पछाडि बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ वर्षीय बल बहादुर कामी घाइते भएका थिए ।

उनीहरूलाई उपचारको लागी कर्णाली प्रादेशिक अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ०६ बजे