भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

परराष्ट्रले ‘यदुनाथ खनाल प्रवचन’ श्रृंखला सुरु गर्ने

 काठमाडौं – परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीतिका विषयमा गहन छलफल गर्न ‘यदुनाथ खनाल प्रवचन’ श्रृंखला सुरु गर्ने भएको छ । 

चालु आर्थिक वर्ष २०७८/७९ बाट श्रृंखला सुरु गरिने परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिएका हुन् । 

‘विश्व राजनीति, क्षेत्रिय विकास, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, पराष्ष्ट्र नीति र जल्दाबल्दा विषयमा राजनीतिज्ञ, कुटनीतिक जगत, बुद्धिजिवी, सञ्चार जगतबीच यदुनाथ खनाल प्रवचन श्रृखला सुरु गरी छलफल गराउने योजना हाम्रो रहेको छ,’ उनले भने । 

यदुनाथ खनाल नेपालको अब्बल कूटनीतिज्ञको रुपमा चिनिन्छन् । उनको निधन सन् २००४ मा भएको थियो ।  

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ५० बजे