भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

निर्वाचनको मतपत्रमा चुनाव चिन्ह हरियो रङको हुने

काठमाडौं – २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरूको चुनाव चिन्ह हरियो रङको हुने भएको छ।

निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुङ्गो लगाएको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।

मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले उज्यालो कम भएको बेला वा रातको समयमा मतगणना गर्न अप्ठ्यारो भएको थियो । पछिल्लो चुनावमा रातो रङ प्रयोग गरिएको थियो ।

यो पटक हरियो रङको चुनाव चिह्न हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : २५ बजे