भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ट्रिपरको ठक्करबाट रुपन्देहीमा साइकल यात्रीको मृत्यु 

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ ट्रिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

लु२ख ४३२६ नम्बरको ट्रिपरले सैनामैना नगरपालिका–७ देउपारका २७ वर्षीय बद्री चौधरी, उनकी २६ बर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ बर्षीया छोरी जेनिशा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएकोमा दिल कुमारीको उपचारको क्रममा मृत्यु भएको हो । 

अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले जनाएको छ । 

ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : १९ बजे