भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ।  काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा बा६४प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । 

मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाईसमेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ३० बजे