भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

खजुरामा फेला परेको बम निष्क्रिय

राँझा। बाँकेको खजुरामा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा “नो एमसिसी” लेखेर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बजारको मुख्य चोकमा शङ्कास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो ।

नेपालगञ्ज गुलरिया सडकखण्ड अन्तर्गत खजुराको बीच बजारमा बम फेला परेपछि केही समय सडक अवरुद्ध भएको थियो । सेनाले बम निष्क्रिय पारेसँगै यातायात सञ्चालनमा आएको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ५० बजे