भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको उद्धारको लागि उच्चस्तरीय संयन्त्र गठन 

काठमाडौँ । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।

रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस(युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो ।

गैर आवासीय नेपाली सङ्घका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको संयोजकमा गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष डा.बद्री केसी (रुस)रहेका छन् ।

समितिको सदस्य सचिवमा डा.चिरञ्जीवी  खड्का (चेक रिपब्लिका), सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (युके) रहनुभएको छ ।

द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा.बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको  छ ।

जर्मनीका लागि नेपाली राजदूत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिनुभयो  ।उहाँले ती नेपालीहरूको सहयोगको लागि दूतावासले नेपाली सरकार, स्थानीय सङ्घ संस्थासँग समन्वय गरिरहेको बताउनुभयो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ५२ बजे