काठमाडौँ । युक्रेनमा रहेका १ सय ९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।
“दूतावासमा सम्पर्कमा आउनुभएका १ सय ९३ जना नेपाली नागरिकहरू हालसम्म सुरक्षित हुनुहुन्छ” जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युक्रेनमा उत्पन्न पछिल्लो सङ्कटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरूको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ ।
रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो ।
दूतावासले यसअघि स्थायी रूपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिब दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो । तीमध्ये १ सय ९३ जना दूतावासको सम्पर्कमा आएका हुन् ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले भने युक्रेनमा करिब ४ सय नेपाली रहेको जनाएको छ ।
प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार ८ : ४९ बजे
प्रतिक्रिया