दल दर्ताका लागि एमाले निर्वाचन आयोग जाँदै 

काठमाडाै‌ ।  नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ । 

३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो ।

महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो । 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : २८ बजे