ट्रिपर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् । 

मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाउँपालिका–२ का ३७ वर्षीय अमृत बहादुर वली रहेका छन् ।  दुर्घटना घाइते भएका उनको उपचारको क्रममा सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । 

चालकलाई उपचारको लागी बुटवलस्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।  लमहीबाट इट्टा लिएर सिर्पतर्फ जाँदै गरेको रा१ख १७८७ नम्बरको ट्रिपर अनियन्त्रित भई पल्टिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ११ : १० बजे