राष्ट्रपतिद्वारा ५ सय १३ बन्दीलाई आममाफी

​​​​​​​काठमाडौं – प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गर्नुभएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ५१ बजे