ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा रौतहटमा एक जनाको मृत्यु

रौतहट ।  रौतहटको दुर्गा भगवती गाउँपालिका–२ कर्बोलमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना२त ८६०५ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई बिहीबार साँझ साढे ७ बजे ठक्कर दिएको थियो । 

गम्भीर घाइते भएका मोटरसाइकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । 

दुर्घटना पश्चात् ट्र्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ११ : ३० बजे