टिपर दुर्घटना हुँदा उदयपुरमा एक जनाको मृत्यु, चालकसहित तीन घाइते

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बालुवा–गिट्टी बोकेको स१क १९० नम्बरको टिपर मङ्गलवार राति उदयपुरगढी गाउँपालिका–७ हाडेवास चिउरीवासमा दुर्घटना हुँदा स्थानीय उज्ज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खपाङगीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

टिपरको ब्रेक फेल भई भएको दुर्घटनामा चालक सप्तरीको कल्याणपुरका उमेशकुमार चौधरी, उदयपुरगढी गाउँपालिका–७ का युवराज खपाङगी र सोही ठाउँका भरत खपाङगी घाइते भएका छन् । 

चालकको अवस्था गम्भीर रहेको डिएसपी गौतमले जानकारी दिनुभयो ।

करेन्ट लागेर एकको मृत्यु
​​​​​​​उदयपुरमा आफ्नै घरमा बिजुली बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

चौदण्डीगढी नगरपालिका–७ का ६० वर्षीय बलबहादुर लावतीको उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ३९ बजे