सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने

काठमाडौं – सर्वोच्च अदालतलको फुलकोर्ट बस्ने भएको छ ।  कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ । 

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी नलम्बित भएका छन् ।

राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ४३ बजे