मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ वर्षीय धन बहादुर चौधरी रहेका छन् । 

उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको प्रहरी जनाएको छ ।  दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय मङ्गल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो ।    

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : १९ बजे