यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीको दर्ता खारेजी र उक्त पार्टीका १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । 

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक नेकपा एमालेका अध्यक्ष केपी ओली हुनुहुन्छ । उहाँले गत १७ भदौमा रिट दायर गर्नुभएको हो । 

निर्वाचन आयोगले  भदौ ९ गते नेपाल नेतृत्वमा दल दर्ता गरेपछि ओली सर्वोच्च पुग्नुभएको हो । उहाँले रिटमार्फत एकीकृत समाजवादी पार्टीको दर्ता खारेजी गर्न माग गर्नुभएको छ  । 

एमालेले कारबाही गरेका सांसदहरूलाई पनि पदमुक्त गर्नुपर्ने उहाँको माग छ । रिटमा निर्वाचन आयोग विपक्षी रहेको छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ५२ बजे