काठमाडौँ । प्रधानन्यायाधीश चन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।
माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनको भनाइ छ ।
प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार ११ : ४६ बजे
प्रतिक्रिया