यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

 ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको बुधवारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्याय), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी र निराजकुमार खत्री रहनुभएको छ ।

त्यस्तै, खड्गबहादु श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसी पनि बढुवामा पर्नुभएको छ ।

त्यसैगरी , बढुवामा पर्नेमा राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशी राई, अमृतबहादुर राई र दशरथ राई पनि रहनुभएको छ ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : १३ बजे