यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा, सार्वजनिक भयो परीक्षा तालिका

काठमाडौँ । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । 

भन्सार विभागले गत चैत १६ गते  ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर माघ २९ गतेका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएकोमा भन्सार विभागले आज सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो । 

जसअनुसार  फागुन २८ गते दिउँसो २ः०० बजे लिखित परीक्षा तय भएको छ । तर परीक्षा केन्द्र निर्धारण भइसकेको छैन ।

भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो ।  पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ ।

भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो सङ्ख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ०२ बजे