यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने

मङ्गलबारे । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । 

नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ । 

नियमित उडान हुनुअघि विमानस्थलमा आज मौसम अनुकूल भए नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थल कालोपत्रे भएपछि परीक्षण उडान भएको छैन । 

विमानस्थल कालोपत्रे गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा  अवतरण गरेको थियो । 

ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने बताइएको छ । 

विमानस्थलको फागुन १ गते पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ । रासस

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : ३८ बजे