यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

रुपन्देहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते 

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

कोरियन कलेज अगाडि रोकिरहेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु३च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

मृतक र घाइतेको पहिचान हुन बाँकी छ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : २५ बजे