यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

प्युठान जीप दुर्घटना अपडेट:  मृतकको सङ्ख्या ८  पुग्यो, पाँच जनाको सनाखत

प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिवार बिहान ३ः ००बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

मृतक मध्ये पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काको रहेका छन् । अन्यको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ३९ बजे