प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी  गर्दै प्रधानमन्त्री ओलीको चारदिने भ्रमणको घोषणा गरेको हो।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा ओली मंसिर १७ गते चीन प्रस्थान गर्नुहुनेछ भने २० गते स्वदेश फर्किनुहुनेछ। प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूसँग भेटघाट गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्ने कार्यक्रमसमेत तय भइसकेको छ । यसैगरी उहाँले अन्य विभिन्न कार्यक्रममासमेत सहभागी हुनुहुनेछ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमण टोलीमा ८७ सदस्य सहभागी हुनेछन्। सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन जानेछन्।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ०४ बजे