प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने लेखक खेमराज दाहालले झापा जिल्लाको सदरमुका भद्रपुर भित्रका महत्वपूर्ण जानकारी समेटेर पुस्तक प्रकाशन गरेका छन् । लेखक दाहालले तेश्रो कृतिका रूपमा भद्रपुरको प्रतिबिम्ब प्रकाशित गरी पाठकको हातहातमा पुर्याउने प्रयास गरेका हुन् । यस कृतिले तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर उल्लेख्य विषय वस्तुका साथ तयार भएको पुस्तकले सत्यलाई तथ्यमा जोड्ने प्रयास गरेको देखिन्छ । नेपालको सुदुर पूर्वको दक्षिणी कोणमा रहेको नेपालकै प्राचीन शहर भद्रपुरको उत्खनन् प्रयासमा देखिएको यस पुस्तकले इतिहासदेखि वर्तमानसम्म जोड्ने काम गरेको छ ।
भद्रपुरका १० वटै वडालाई तथ्याङ्कमा तथ्यसहित समेटेको पुस्तकले जनप्रतिनिधि, भौगोलिक अवस्था, पेशा व्यवसायको अवस्था, उद्योग तथा व्यपार, शैक्षिक क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक संघ संस्था, पर्यटकीय क्षेत्र, जल जमीन र जंगलको अवस्था, साहित्य कलाको पहिचान, राष्ट्रिय, क्षेत्रीय र स्थानीय क्षेत्रका लागि योगदान दिने उल्लेख्य व्यक्तित्वको परिचय र नगरपालिकाको महत्वका विषयलाई शसक्त रूपमा पुस्तकले विशेष ज्ञानसहित जानकारी दिने छ । लेखक उत्तरी झापामा जन्मिए हुर्किए पनि छाँयामा परेको दक्षिणको शहर भद्रपुरलाई उज्यालो यात्रामा लैजान पुस्तकारबाट सफल देखिन्छन् ।
हेर्दा सामान्य आकारको जस्तो आकृतिमा देखिने पुस्तकले झापा सदरमुकाम भद्रपुरलाई सचित्र चिनाउने प्रयास गरेको देखिन्छ । लेखका शब्दलाई सापटी लिएर भन्ने हो भने पुस्तक तथ्यमा आधारित इतिहासदेखि वर्तमानसम्म सत्य दस्तावेज हो । शब्द र चित्रको मिश्रणबाट नवीन शैलीमा निर्मित पुस्तकले भद्रपुरलाई जीवन्त राख्ने प्रयास समेत गरेको छ । पुस्तक भित्र पसेपछि पाठकले अल्छी नलाग्दै पढिसक्न पाउने छन् किनकी शब्दहरू तथ्यमा आधारित छन् । नगरपालिकाको स्थापना कालदेखि अहिलेसम्मका जनप्रतिनिधि तथा नेतृत्वकर्ता, सम्बद्ध उल्लेख्य व्यक्तित्व, चर्चित तथा पर्यटकीय गन्तव्य स्थानको पर्याप्त जानकारी समेटिएको छ ।
१०७ वर्षअघि (वि.सं.१९७४)—सम्र्म धुपगाछी’ नामले चिनिने बेलादेखि आजको अवस्थासम्मको भद्रपुरको इतिहास यस पुस्तकमा पढेर जान्न पाइन्छ । यसका साथै पुस्तकमा भद्रपुरलाई जीवन्त देख्न सकिन्छ । भद्रपुर बाहिरका अत्यावश्यक जानकारीहरू समेत समाविष्ट छन् । अहिलेसम्म यहााका रैथाने बासीले नदेखेको वा वास्ता नगरेको विषयलाइृ पुस्तकार बनाइनु आफैमा उल्लेख्य कार्य मान्नु पर्छ । भद्रपुरमा पछिल्लो समय आयातित जनसंख्याले अतिक्रमण गरिरहेको परिदृष्यमा यहाँ रहेको मौलिक परिचय हराउने हो कि भन्ने चिन्तालाई केही हदसम्म रोक्नका लागि यो पुस्तक औषधी हुने छ ।
सामाजिक सञ्जालको बढ्दो प्रभावकारिता किशोर, युवा र वयस्कहरूका लागि सहज ग्रह्य भएका कारण पनि र यसले सबै उमेर समूहका लागि आ–आफ्नै किसिमले ’फेसन’–को आकर्षक रूप लिँदै गएका कारण पनि ’पुस्तक पढ्ने चलन’ क्रमिकरूपमा घट्तै गइरहेको छ । पुस्तक पढ्नेको संख्या घट्तो अवस्थामा छ। त्यसैले अक्षर–खेतीमा मनोवैज्ञानिक खडेरी पर्दै गइरहेको छ । त्यही पनि लेखकहरू आफ्ना कृति ऐतिहासिक, जीवनोपयोगी, सरस र आकर्षक बनाउन तल्लिन रहनुचाँहि एउटा आशाको खेती मान्नु पर्छ ।
यो पुस्तकले भद्रपुरको नेतृत्व गरेका कुनै पनि जनप्रतिनिधिको जानकारी गराउन सहयोग गर्ने छ । घुम्न, हेर्न वा डुल्न जाने पर्यटकीय स्थलको सूचि छनौटमा यो पुस्तक महत्वपूर्ण सामग्री बन्ने देखिन्छ । भद्रपुरको नामाकरणदेखि पहिचान र व्यापारिक इतिहास समेत खोतलेको पुस्तकले विगत र वर्तमानमा भद्रपुर तुलना गर्न सक्ने आधार समेत छोडेको छ । २२ वटा शीर्षकमा तयार भएको पुस्तकले तथ्यलाई जोड दिएको देखिन्छ । समग्र भद्रपुरको पहिचान समेट्न नसके पनि अधिक पहिचान समेट्ने प्रयास भने पुस्तकका विषय वस्तुले गरेको देखिन्छ । राजनीतिक, धार्मिक, भौगोलिक, शैक्षिक, सामाजिक, औद्योगिक, व्यपारिक र वातावरणीय क्षेत्र र अवस्थाको पहिचान दिलाउने प्रयास गरेको पुस्तकले विगत र वर्तमान जोड्न सफल देखिन्छ ।
लेखक दाहाल कम्प्युटर प्राविधिक रहेकै कारण हुन सक्छ पुस्तक छोटो छरितो र सरल भाषा शैलीमा तयार हुन सफल देखिन्छ । विद्यालय तहका बालबालिकादेखि सरकारी जागिर खान चाहने युवा युवतीसम्मलाई अति आवश्यक हुन सक्ने पुस्तकको आफ्नै मौलिक पहिचान देखिन्छ । नेपालका पुराना शहर मध्येमा रहेको भद्रपुरको छाँयामा पर्दै गएको पहिचान बल्झाउने प्रयास पुस्तको शक्तिका रूपमा बुझ्न सकिन्छ ।
लेखक दाहाल मेचीनगर ३ बाहुण्डागीमा वि सं २०३४ चैत्र २१ जन्मिएर हुर्के पनि रोजगारीको शिलसिलामा सदरमुकाम भद्रपुर झरेका उनी भद्रपुर ७ का बासिन्दा हुन् । उनले आफ्नो जन्मभूमि झापालाई देश विदेशमा चिनाउन गरेका विभिन्न प्रयास मध्ये यो पुस्तक पनि एउटा पाटो भएर आएको देखिन्छ । वि सं २०८१ साल भदौमा प्रकाशन भइ पाठकका हातहातमा गइसकेको यस कृति नामाकरणमा भद्रपुरको प्रतिविम्ब भएर आएको भए पनि पुस्तक झापा र नेपालको समेत विम्ब बन्न सफल छ ।
प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार १२ : ३३ बजे
प्रतिक्रिया