प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले प्रदर्शन गरेको छ ।

शनिबार माइतीघर मण्डलामा उनीहरुले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध बृहत् बानेश्वर मार्च र जनसभा आयोजना गरेका हुन् ।

मार्चको क्रममा उनीहरुले ‘प्यालेस्टाइनमा नरसंहार बन्द गर’, ‘युद्ध विराम तुरुन्त घोषणा गर’, ‘युद्धका व्यापारीहरु मुर्दाबाद’, ‘इजरायललाई हतियार दिन बन्द गर’, ‘शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइँदैन्’, ‘प्यालेस्टाइन र इजरायल बीचको युद्ध बन्द गर’, ‘मनमा थोरै मानवता बोक’, ‘युद्ध, अपराध तुरुन्त रोक र ‘फ्रि प्यालेस्टाइन’लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : २० बजे