काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह स्वदेश फिर्ता भएका छन् ।
१८ कात्तिकमा वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका उनी शनिबार स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालले वस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र वस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएको बताए ।
उनले भने, ‘सहरहरु निर्माण गर्नको लागि हामीले धेरै हाइलाइट गरेका छौँ । जलवायु परिवर्तनका कारण सहरहरुमा अति वृष्टि हुने, तथा हिमालहरुबाट लेकहरु फोर्स भएर ट्राइजिटिहरु हुने भएका कारणले भोगिरहेको समस्या र वस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएका छौँ ।’ साथै, उनले नेपालको सहरहरुलाई विकास गर्न सबै राष्ट्रको सहयोगको आवश्यक्ता रहेकोसमेत ध्यानाकर्षण गराएको बताए । उनले आउने दिनहरुमा स्थानीय तहदेखि नै यस्ता कार्यक्रमहरुमा सहभागिता जनाउँदा कामहरु दिगो तरिकाले गर्न सकिनेसमेत बताए ।
प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार १ : ३९ बजे
प्रतिक्रिया