काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सभामा आव २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव २०८०/८१ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने रु ५६ करोड ८० लाख ३८ हजार ९६०/२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २ करोड ९८ लाख ९६ हजार ७८७/३८ सहित जम्मा रु ५९ करोड ७९ लाख ३५ हजार ७४७/६१ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्षले सेयर धनीहरूबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराएका थिए ।
प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार १२ : २६ बजे
प्रतिक्रिया