काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (मंगलबार) बस्दै छ ।
बैठक साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने बताईएको छ ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । गत बिहीबार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । हिजो सोमबार भने प्रधानमन्त्रीको व्यस्तताले बैठक रोकिएको थियो ।
प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार ११ : ४८ बजे
प्रतिक्रिया