नेपाल युएईसँग पराजित

नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु, सावित्राले गरिन गोल

काठमाडौँ । साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेल भइरहेको छ ।

अवरुद्ध खेल सुरुभएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् । खेल १-१ को स्थितिमा पुगेको छ ।

भारतले खेलको ७१औं मिनेटमा भारतले गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता नपाए पछि बिबाद भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको छ । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो । नेपाल अहिले १० खेलाडीमा सीमित बनेको छ ।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए । तनावका कारण अहिले खेल रोकिएको छ । यसअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ९ : ४१ बजे