काठमाडौं । नेपालको बीमा क्षेत्र समावेशी हुन नसकेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।
प्राधिकरण, बीमा कम्पनी, म्युनिख रि फाउन्डेसन तथा माइक्रो इन्स्योरेन्स नेटवर्कको सहकार्यमा काठमाडौंमा सुरु भै रहेको समावेशी बीमा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
मन्तव्यकै क्रममा अध्यक्ष सिलवालले न्यून आय भएका र जोखिमपूर्ण क्षेत्रमा रहेको नागरिकको लागि बीमा अति आवश्यक छ भन्दै नेपालमा पहिलो पटक हुन गै रहेको समावेशी बीमा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा नेपालको बीमालाई समावेशी बनाउनका लागि रणनीति बनाउन सहयोगी हुने समेत उनले बताए ।
स्मरण रहोस् चार दिनसम्म चल्ने सम्मेलनमा ४४ वटा मुलुकमा लघुबीमा विज्ञहरूको सहभागी रहनेछ । सम्मेलनमा समावेशी बीमा सम्बन्धी २५ वटा शेसन सञ्चालन हुनेछन् ।
प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार ४ : ३६ बजे
प्रतिक्रिया