छठसँगै खुसी आउँछ डोम समुदायमा

पोखरामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

पोखरा। रास्वपा सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखरामा निषेधाज्ञा जारी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता र सहकारी पीडितको प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले पाँचजना भन्दा बढी भेला हुन निषेध गरेको छ । “पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागु हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,” सूचनामा भनिएको छ ।

प्रशासनले शहिदचोक आसपासका क्षेत्रमा पूर्व तर्फ वाई चोक, उत्तर पूर्वतर्फ मिलनचोक, पश्चिम तर्फ, फिस्टेल गेट (वैदाम), उत्तर तर्फ मालपोत कार्यालय, कास्की दक्षिण तर्फ मुस्ताङ्ग चोक, दक्षिण पश्चिम तर्फ पर्यटन वोर्डको कार्यालय अगाडी र गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोक देखि नविन मा.वि. सम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : ३५ बजे