शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेले पाए निरन्तरता

काठमाडौं । शिखर इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डेलाई निरन्तरता दिएको छ । गत कत्तिक १ गते बसेको संचालक समितिको ३४०औं बैठकले पाण्डेलाई थप चार वर्षको लागी सीइओमा नियुक्ति गरेको हो ।

पाण्डेको समयावधी सकिन एक महिना बाँकी रहँदै उनलाई सिईओमा पुनः नियुक्ती गरिएको हो ।

२०७५ सालमा मात्रै संस्थागत सुशासन जारी सम्बन्धि निर्देशिका जारी भएकाले दोस्रो कार्यकालको लागि योग्य भएको बीमा प्राधिकरणले जनाएको छ । बीमा समितिले २०७५ सालमा जारी गरेको संस्थागत सुशासनमा सिईओका कार्यकाल एक मात्रै हुने र सञ्चालक समितिलाई कार्य सम्पादन मूल्याङ्कन राम्रो लागेमा एक कार्यकाल थप गर्न सक्ने व्यवस्था गरेको छ ।

स्मरण रहोस् पछिल्लो पटक २०७३ साल कार्तिक १० गते चार वर्षका लागि सिईओ पदमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : ४२ बजे