म्याद थपका लागि छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा १ महिनादेखि प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ।

अदालतले दिएको म्याद सकिएपछि कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो ।

गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ३ : ४४ बजे