राष्ट्रपति पौडेल कतारमा

ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु, बिराटनगरमा तनाब

मोरङ।मोरङको बिराटनगर महानगरपालिका– १८ स्थितमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । असोज १७ गते साँझ ना। ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री बिराटनगर–१८ का ६० बर्षीय श्याम साह घाईते भएका थिए । घाईते साहको उपचारको क्रममा बिराट नर्सिङहोम बिराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक सुनसरी बर्जु गाउँपालिका५ का ३० बर्षीय दिपक यादवलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसै विषयलाई लिएर यत्तिखेर स्थानीयहरु आन्दोलित छन् । स्थानीय आन्दोलित छन् ।

सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै करिब ५ सयको संख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : ४२ बजे