झ्याप्लेखोलाबाट २५ शव निकालियो

आजबाट राष्ट्र बैंकले दिने भो सुकिला नोट

काठमाडौं । आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने भएको छ । आज अर्थात् असोज १३ गते (आइतबार) नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँ दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।
हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै राष्ट्र बैंकले यसपटक नयाँ नोट उपलब्ध नगराउने भएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : ३७ बजे